काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाजुरामा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध

504
shares

बाजुरा। बाजुरामा आज बिहानदेखि इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध बनेको छ ।

नेपाल दूरसञ्चार कार्यालय बाजुराका प्रमुख ईश्वर सिंहले साँफे(मार्तडी खण्डको नुनेपानीमा बिहीबार तार काटिएपछि सेवा अवरुद्ध भएको बताए । उच्च गतिको फाइबर इन्टरनेटको तार काटेपछि जिल्लामा इन्टरनेट र टेलीफोन सेवा अवरुद्ध भएको उनले बताए । अहिले मर्मतका लागि प्राविधिक टोली खटिएको छ ।

यस्तै, अवरुद्ध लाइन मर्मतमा केही समय लाग्ने भएपछि सदरमुकाम मार्तडीमा खप्तड छेडेदहको आटिचौरबाट लाइन जडान गरेपछि आंशिक रुपमा सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख सिंहले जानकारी दिए । दिनभर सेवा अवरुद्ध हुँदा जिल्लामा सञ्चार सेवासँगै विभिन्न कार्यालयका कामकाज, अनलाइन सेवा प्रवाह तथा सञ्चारसम्बन्धी गतिविधि प्रभावित भएका थिए ।