ओपोद्वारा फ्ल्यास चार्जिंग प्रविधि सार्वजनिक
वि.सं.२०७८ साउन २० बुधवार १८:५३
shares

ओपोले ‘ह्वाट्स नेक्स्ट फर फ्ल्यास चार्जिंग ?’ ओपो फ्ल्यास चार्ज ओपन डेको आयोजना गरेको छ । कार्यक्रममा कम्पनीले फास्ट चार्ज प्रविधिअन्तर्गत आफ्ना नौला उपलब्धिहरु तथा फ्ल्यास चार्ज टेक्नोलोजी सोल्यूसन मातहतका विकासहरु प्रस्तुत गरेको थियो ।
‘ओपोको भोक फ्ल्यास चार्ज प्रविधिको विकास, चार्जिंग एडेप्टर, चार्जिंग केबल, पीएमआइसी, ब्याट्रीलगायत कम्पनीद्वारा प्रतिपादित नवप्रवर्तनको उपज हो ।’ ओपो भोक फ्ल्यास चार्ज प्रविधिका चिफ साईन्टिष्ट जेफ च्यांगले भने, ‘उपभोक्ताको छनोट तार वाला होस् वा ताररहित, भोक फ्ल्यास चार्ज प्रविधिले अब विद्युतीय उपकरणहरु चार्ज गर्ने सवालमा कठिनभन्दा कठिन अवस्थामा समेत उपभोक्ताका अधिकतम माग सम्बोधन गर्ने क्षमता राख्छ ।’
सुरक्षित चार्जिंग
फ्ल्यास चार्ज प्रविधिको विकास गर्दा ओपोले दक्षता र सुरक्षालाई सधैं अग्र पंक्तिमा राख्ने गरेको छ । यही अवधारणामा आधारित भई ओपोले भोक फ्ल्यास चार्ज प्रविधिलाई अझ सुरक्षित बनाउन फाइभ-फोल्ड सेफ्टी प्रोटेक्सन प्रणालीको प्रतिपादन गरेको हो । त्यसैगरी थप नवप्रवर्तन भित्र्याउन एआई अल्गोरिदम, नयाँ धातु, चार्जिंग आर्किटेक्चर्सलगायत अन्य कारकहरु माथिसमेत अन्वेषणलाई निरन्तरता दिइरहेको छ । न्यून प्रतिबाधा सहितका फ्यूज, ग्यालियम नाइट्राइड स्विट्च, ईन्टरनल सिरिज बाई–सेल डिजाइन, ब्याट्री सेफ्टी डिटेक्सन चिप, कम्पोजिट करेन्ट कलेक्टरलगायत यसैका केही सटिक नमुनाहरु हुन् ।
स्मार्ट चार्जिंग
ओपोले कार्यक्रममार्फत् आफ्नो नयाँ स्मार्ट चार्जिंग प्रविधिको पनि अनावरण गरेको थियो । चार्जिंगको गतिलाई अधिकतम सुरक्षित रेञ्जमा राख्ने कार्यमा सघाउन विशेष रुपमा डिजाइन गरिएको यो प्रविधिले चार्जिंग अवस्थाको बौद्विक पहिचान गरी चार्जिंग करेन्टको समायोजन गर्छ । यसले अस्वभाविकरुपमा ब्याट्रीको आयूमा ह्«ास आउने प्रक्रियामा न्यूनीकरण ल्याउने कार्यमा सघाउँदै उपभोक्तालाई लामो अवधिसम्म इष्टतम ब्याट्री आयूबाट फाइदा लिन सघाउँछ ।
कठिन परिस्थितिमा चार्जिंग
भोक फ्ल्यास चार्जलाई सक्दो सुरक्षित र स्मार्ट बनाउनुका साथै ओपोले कठिनभन्दा कठिन परिस्थितिमा पनि भोक फ्ल्यास चार्ज प्रविधिले सटिक प्रफोमेन्स दिन सकोस् भन्ने सोचका साथ आफ्नो अन्वेषणलाई निरन्तरता दिइरहेको छ । ब्याट्रीलाई जसरी पनि चार्ज गर्ने प्रयत्न गरिरहँदा सर्ट सर्किट हुने सम्भावनासमेत रहन्छ । ओपोको अल्ट्रा-लो टेम्परेचर चार्जिंग सोल्यूशनले स्मार्ट अल्गोरिदमको प्रयोग गरी चार्जिंगका लागि ब्याट्रीमा हुनु पर्ने इष्टतम चर्जिंग तापमानको यकिन गरी चार्जिंग प्रक्रिया सुरु गर्नु अगाडी ब्याट्रको तापक्रम बढाउँछ ।
परीक्षण नतिजाअनुसार मात्र १० सेकेण्डको अन्तरालमा ब्याट्रीले तपामानको समायोजन-२० डिग्री सेन्टिगे्रटबाट १० डिग्री सेन्टिग्रेटसम्म गरेको पाइएको छ । यसले गर्दा ब्याट्रीको चार्जिंग प्रक्रिया साधारणझैं अवस्थामा गर्न सकिन्छ ।

























