एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दा कार्यकर्तामा उत्साह भर्न सकिन्छः अध्यक्ष ओली
वि.सं.२०८३ कात्तिक ११ बुधवार १६:२५
shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढङ्गले अगाडि बढ्दामात्र कार्यकर्तामा उत्साह भर्न र जनतामा आकर्षण फर्काउन सकिने बताएका छन ।
पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीन सदस्यलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शपथ ग्रहण गराउदै अध्यक्ष ओलीले जनतामा आकर्षण फर्काउन लाग्न निर्देशन दिए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
कार्यक्रम महासचिव शङ्कर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बालगायत नेताहरुको उपस्थिति थियो ।

























