डिम्याट खाता निशुल्क, एनआइबीएल सहभागिता फण्डको १०० इकाई उपहार
वि.सं.२०७८ साउन २० बुधवार १८:५१
shares

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआइबीएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ । उक्त योजनाअनुसार एनआइबीएल एस क्यापिटल लिमिटेडमा हितग्राही खाता (डिम्याट खाता) निशुल्क खालिने छ ।
यसका साथै यही साउन २० मा डिम्याट खाता खोल्ने ग्राहकहरुलाई गोलाप्रथाद्वारा मासिक रुपमा १० जना भाग्यशाली विजेतालाई नेपालकै पहिलो खुलामुखी योजना एनआइबीएल सहभागिता फण्डको १०० इकाई उपहार दिइने छ । यो योजना साउन २० देखि कात्तिक २० गतेसम्म लागू हुने बताइएको छ ।
एनआइबीएल एस क्यापिटल लिमिटेडले आफ्नो सेवा प्रवाहलाई झन्झटरहित सरल एवं सहज बनाउने उद्देश्यसहित डिम्याट खाता खोल्न तथा मेरोसेयर दर्ता विद्युतीय प्रणाली (Online)मार्फत सहज रुपमा गरिरहेको जनाएको छ । थप जानकारीका लागि एनआइबीएल एस क्यापिटल लिमिटेडको वेबसाइट www.niblcapital.com तथा मुख्य कार्यलयमा सम्पर्क गर्न सकिने छ ।

























