काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि बन्द प्रशिक्षणमा १९ खेलाडी

14.62K
shares

आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले बुधबार सार्वजनिक गरेकाे नामवलीमा गुलशन झा पहिलोपटक परेका छन् ।

क्यानका अनुसार बिहीबारदेखि नेपाली टोलीको बन्द प्रशिक्षण सुरु गर्नेछ । सिरिजको तयारीका लागि मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आइसकेका छन् । सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुनेछ । लिग-२ अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, विक्रम शोब, पवन सर्राफ, रोहित कुमार ।