गृहपृष्ठ नेशनल लाइफ र नेपाल बैंकबीच कर्मचारीको जीवन बीमा सम्झौता

नेशनल लाइफ र नेपाल बैंकबीच कर्मचारीको जीवन बीमा सम्झौता

नेशनल लाइफ र नेपाल बैंकबीच कर्मचारीको जीवन बीमा सम्झौता

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीको जीवन बीमासम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा नेशनल लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत स्मृति राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई जीवन बीमा सुविधा उपलब्ध गराइनेछ। कर्मचारीको जीवन तथा आर्थिक सुरक्षालाई थप सुदृढ गर्ने उद्देश्यले गरिएको सम्झौताले बीमामार्फत कर्मचारीलाई थप सुरक्षा तथा जोखिम व्यवस्थापनको सुविधा प्रदान गर्ने दुवै संस्थाले विश्वास गरेका छन्।

सम्झौता कार्यक्रममा दुवै संस्थाका सम्बन्धित पदाधिकारी तथा अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी पदाधिकारीहरूले कर्मचारीको सुरक्षा, कल्याण तथा दीर्घकालीन हितका लागि जीवन बीमाको महत्व रहेको उल्लेख गर्दै यस्तो सहकार्यले दुई संस्थाबीचको सम्बन्ध थप मजबुत बनाउने बताए।

नेशनल लाइफ इन्स्योरेन्सले ग्राहक तथा संस्थागत साझेदारको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै विभिन्न जीवन बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित समय : ०६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु