गृहपृष्ठ दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको टाइसिट ड्र सम्पन्न, खेल तालिका सार्वजनिक

दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको टाइसिट ड्र सम्पन्न, खेल तालिका सार्वजनिक

दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको टाइसिट ड्र सम्पन्न, खेल तालिका सार्वजनिक

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा हुने दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप २०८३ को टाइसिट ड्र सम्पन्न भएको छ। टाइसिट ड्रसँगै प्रतियोगिताको प्रारम्भिक चरणका खेल तालिकासमेत सार्वजनिक गरिएको छ।

कमलादीस्थित नेपाल अर्ग्यानिक फूडल्याण्डमा आयोजित कार्यक्रममा सहभागी विभिन्न बीमा कम्पनी तथा संस्थाका टोलीलाई समेटेर टाइसिट ड्र गरिएको हो।

असोज ३ गते सामाखुसी फुटसलमा प्रतियोगिता आयोजना हुनेछ। प्रतियोगितामा सहभागी टोलीहरूले प्रारम्भिक नकआउट चरण हुँदै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

टाइसिट ड्रमार्फत विभिन्न समूहमा रहेका टोलीबीचको प्रारम्भिक चरणका खेल तय गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा बीमा क्षेत्रका विभिन्न कम्पनी तथा संस्थाका टोलीको सहभागिता रहनेछ।

टाइसिट ड्रबाट तय भएको खेल तालिकाले सहभागी टोलीलाई प्रतियोगिताको तयारीका लागि सहज हुने आयोजकको विश्वास छ। प्रतियोगिताले नेपाली बीमा क्षेत्रका कम्पनी तथा संस्थाबीच आपसी सम्बन्ध, सहकार्य र स्वस्थ प्रतिस्पर्धालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

रियान प्रो आधिकारिक मोबाइल एप पार्टनर

यस वर्षको नेपाल इन्स्योरेन्स फुटसल कपका लागि रियान प्रोलाई आधिकारिक मोबाइल एप पार्टनरका रूपमा सहकार्यमा ल्याइएको छ।

प्रतियोगितासँग सम्बन्धित खेलको स्कोर, खेलको अवस्था, खेल तालिका तथा अन्य महत्वपूर्ण जानकारी रियान प्रो मोबाइल एपमार्फत प्राप्त गर्न सकिनेछ।

खेलप्रेमी तथा सहभागीहरूले रियान प्रो एप डाउनलोड गरी प्रतियोगिताका खेलसम्बन्धी अपडेट सहज रूपमा प्राप्त गर्न सक्नेछन्। एपसँगको सहकार्यले प्रतियोगिताको खेलसम्बन्धी सूचना तथा स्कोर डिजिटल माध्यमबाट दर्शक र खेलप्रेमीमाझ पुर्‍याउन सहयोग पुग्ने आयोजकले जनाएको छ।

नेपाल इन्स्योरेन्स कम्पनीले प्रतियोगितामार्फत बीमा क्षेत्रसँग आबद्ध संस्थाहरूबीच खेलकुदका माध्यमबाट सहकार्य र सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेको जनाएको छ।

प्रकाशित समय : ०६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु