गृहपृष्ठ ओप्पोले नेपालमा ल्यायो रेनो १६ सिरिज, १ लाख ९ हजार ९९९ रुपैयाँदेखि मूल्य

ओप्पोले नेपालमा ल्यायो रेनो १६ सिरिज, १ लाख ९ हजार ९९९ रुपैयाँदेखि मूल्य

ओप्पोले नेपालमा ल्यायो रेनो १६ सिरिज, १ लाख ९ हजार ९९९ रुपैयाँदेखि मूल्य

काठमाडौं । स्मार्टफोन ब्रान्ड ओप्पोले नेपालमा नयाँ रेनो १६ सिरिज सार्वजनिक गरेको छ। कम्पनीले भव्य फेसन शो आयोजना गर्दै रेनो १६ र रेनो १६ एफ औपचारिक रूपमा नेपाली बजारमा ल्याएको हो।

प्रविधि, फेसन र आधुनिक जीवनशैलीलाई जोडेर आयोजना गरिएको सार्वजनिक कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२२ तथा पूर्व ‘ब्यूटी विथ अ पर्पस’ विजेता (एसिया तथा ओसियानिया) प्रियंका रानी जोशी, ग्याजेटबाइट नेपालकी प्रमुख कार्यकारी अधिकृत तथा नेपालको नम्बर १ टेक च्यानलकी प्रमुख प्रतिमा अधिकारी र नेपालकी पहिलो तथा नम्बर १ महिला मोटो भ्लगर सुरक्षा केसीले रेनो १६ सिरिजका विभिन्न विशेषता र प्रयोग अनुभव प्रस्तुत गरेका थिए।

उनीहरूले वास्तविक जीवनमा स्मार्टफोनको प्रयोग तथा सक्रिय जीवनशैलीका दृष्टिकोणबाट रेनो १६ सिरिजका विशेषता प्रदर्शन गरेका थिए।

ओप्पो बबल पनि सार्वजनिक

रेनो १६ सिरिजसँगै ओप्पोले ‘ओप्पो बबल’ नामक चुम्बकीय सहायक उपकरण पनि सार्वजनिक गरेको छ। यसले फोनको पछाडिको क्यामेराको पूर्वावलोकन स्क्रिन र रिमोट शटरका रूपमा काम गर्ने कम्पनीले जनाएको छ।

ओप्पो बबलको डिस्प्लेमा व्यक्तिगत सामग्रीसमेत राख्न सकिने सुविधा छ। यसको अधिकतम खुद्रा मूल्य १५ हजार ९९९ रुपैयाँ तोकिएको भए पनि प्रवद्र्धन अवधिभर ९ हजार ९९९ रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

थ्रीडी डिजाइन र दुई आकारका डिस्प्ले

रेनो १६ सिरिजमा ओप्पोको ‘थ्रीडी पप प्लानेट डिजाइन’ प्रयोग गरिएको छ। कम्पनीका अनुसार पप ह्वाइट भेरियन्टमा उद्योगकै पहिलो ‘होलोभर्स थ्रीडी’ प्रविधि समावेश गरिएको छ, जसले फोनमा तैरिरहेको जस्तो दृश्य प्रभाव दिनेछ।

रेनो १६ मा ६.३२ इन्चको कम्प्याक्ट डिस्प्ले छ भने रेनो १६ एफमा ६.५७ इन्चको ठूलो डिस्प्ले दिइएको छ।

फोटोग्राफीका लागि दुवै मोडलमा १०० डिग्री वाइड एंगलसहितको ५० मेगापिक्सेल अल्ट्रा वाइड सेल्फी क्यामेरा उपलब्ध छ। त्यस्तै, अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) सहितको ट्रिपल रियर क्यामेरा सेटअप, करिब ३.५ गुणा अप्टिकल जुम क्षमतासहितको टेलिफोटो पोर्ट्रेट क्यामेरा र अल्ट्रा वाइड क्यामेरा समावेश गरिएको कम्पनीले जनाएको छ।

फोटो तथा भिडियो अनुभवलाई थप सिर्जनात्मक बनाउन ‘पप क्याम’, ‘एआई रिमिक्स कोलाज’, ‘पपआउट कोलाज २.०’, ‘४के अटो स्ट्रेटन भिडियो’ र ‘डुअल भ्यु भिडियो २.०’ लगायतका फिचर दिइएको छ।

एआई फिचरसहित कलरओएस १६

रेनो १६ सिरिज कलरओएस १६ मा सञ्चालन हुन्छ। यसमा एआई स्न्यापकी, एआई माइन्ड स्पेस, एआई माइन्ड पाइलट र एआई मेनु ट्रान्सलेसन लगायतका कृत्रिम बौद्धिकतामा आधारित सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ।

ब्याट्रीतर्फ रेनो १६ मा ६ हजार ७०० एमएएच र रेनो १६ एफमा ७ हजार एमएएच क्षमताको ब्याट्री राखिएको छ। दुवै मोडलले ८० वाट सुपरभोक फास्ट चार्जिङ सपोर्ट गर्छन्।

रेनो १६ मा स्न्यापड्रागन ७ जेन ४ मोबाइल प्लेटफर्म प्रयोग गरिएको छ। सिरिजमा कनेक्टिभिटी सुधारका लागि एआई लिंकबुस्ट ४.० उपलब्ध छ।

त्यस्तै, पानी तथा धुलोबाट सुरक्षाका लागि आईपी६८, आईपी६९ र आईपी६९के रेटिङ दिइएको छ। विभिन्न परिस्थितिमा सहज प्रयोगका लागि ‘स्प्लास टच’ र ‘ग्लोभ टच’ सुविधा पनि उपलब्ध छन्।

मूल्य र ग्राहकका लागि अफर

नेपाली बजारमा रेनो १६ ५जीको मूल्य १ लाख ९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने रेनो १६ एफ ५जीको मूल्य ८९ हजार ९९९ रुपैयाँ रहेको छ। दुवै फोन पप ह्वाइट र ट्वाइलाइट भायोलेट रंगमा ओप्पोका आधिकारिक रिटेल च्यानलमार्फत उपलब्ध हुनेछन्।

कम्पनीले नयाँ सिरिजको बिक्रीसँगै विभिन्न अफर पनि सार्वजनिक गरेको छ। पहिलो ५०० जना ग्राहकले रेनो १६ एफ वा रेनो १६ खरिद गर्दा ओप्पो एयरबड्स ए३ प्रो निःशुल्क प्राप्त गर्नेछन्।

त्यस्तै, ग्राहकका लागि ‘कम्प्लिट फोन रिप्लेसमेन्ट’ सुविधा र फोन मर्मत गर्न नसकिने अवस्थामा दुई महिनाको अतिरिक्त बिक्रीपछिको सेवा वारेन्टी उपलब्ध गराइने कम्पनीले जनाएको छ।

यसका साथै १५ हजार ९९९ रुपैयाँ मूल्यको ओप्पो बबललाई ९ हजार ९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ। कम्पनीका अनुसार यी अफरहरू निश्चित नियम तथा सर्त र उपलब्धताका आधारमा लागू हुनेछन्।

कम्पनीले रेनो १६ सिरिजलाई स्टाइलिस डिजाइन, उन्नत क्यामेरा, एआई फिचर र लामो समय टिक्ने ब्याट्रीसहित आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको जनाएको छ।

प्रकाशित समय : ०६:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु