तोलामा १३ हजारले बढ्यो सुनको मूल्य
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १२:०४
shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको भाउ ह्वात्तै बढेको छ । तिहारको पूर्वसन्ध्यामा सेतो र पहेंलो धातुको भाउमा उच्च् वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको १३ हजार तीन सय रुपैयाँले वृद्धि भएर दुई लाख ८८ हजार नौ सय रुपैयाँ पुगेको छ ।
बिहीबार एक तोला सुनको मूल्य दुई लाख ७५ हजार ६ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य तोलाको २६५ रुपैयाँले बढेर तीन हजार ९२० रुपैयाँ पुगेको छ । बुधबार एक तोला चाँदीको मूल्य तीन हजार ६५५ रुपैयाँ थियो ।

























