झिनो अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार
वि.सं.२०८३ कात्तिक १९ बिहीवार ११:५२
shares

काठमाडौं – साताको कारोबारको तेस्रो दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.४० अंकले बढेर २ हजार ६६५.५३ विन्दुमा पुगेको हो ।
नेप्से सामान्य बढे पनि सेन्सेटिभ इन्डेक्स २.६९ अंक, फ्लोट इन्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९९ अंकले घटेका छन् ।
कारोबारमा आएका १३ उपसमूहमध्ये चारवटाको परिसूचक बढेको छ । अन्य उपसमूह सर्वाधिक ६.१८ प्रतिशतले बढेको छ । व्यापार उपसमूह १ प्रतिशतभन्दा बढीले बढ्दा जीवन बीमा र म्युचुअल फन्ड उपसमूहमा सामान्य वृद्धि देखिएको छ ।
























