काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आजदेखि सुनका असर्फी र चाँदीको मेडालियन बिक्री गर्दै राष्ट्र बैंक

840
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी तिहारलाई लक्षित गर्दै आजदेखि सर्वसाधारणलाई सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्दै छ । बैंकको टक्सार महाशाखाले आजबाट सर्वसाधारणमा असर्फी र मेडालियन बिक्रीमा राख्ने भएको छ ।

सर्वसाधारणले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फी एक थान तथा १० ग्राम चाँदीका मेडालियन खरिद गर्न सक्नेछन् । यी दुवै खालका असर्फी र मेडालियनमा लक्ष्मी र गणेशको चित्र कुँदिएका हुनेछन् । जसलाई सर्वसाधारणले एक/एकवटा र बढीमा दुई थानसम्म किन्न सक्नेछन् ।

सर्वसाधारणले खरिद गर्ने दिनको बजार मूल्यअनुसार असर्फी र मेडालियन किन्न सक्नेछन् । महाशाखाले आज र भोलिमात्रै बिक्रीमा राख्ने जनाएको छ । यसका लागि ११ बजेदेखि ३ बजेसम्म महाशाखामा आएर खरिद गर्न सकिनेछ ।