काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जलवायु जोखिम न्यूनीकरणका लागि संस्थागत सहकार्य आवश्यक : पर्यटनमन्त्री पौडेल

609
shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्न सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन्।

बेलायतको लन्डनमा बुधबार आयोजित विश्व यात्रा तथा पर्यटन परिषद् (डब्लुटिटिसी) र संयुक्त राष्ट्रसङ्घीय पर्यटनको २०औँ मन्त्रीस्तरीय शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले दिगो तथा उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तीकरणमा जोड दिएका हुन्।

उनले भोटेकोशी बाढीबाट भएको मानवीय क्षति र पर्यटन पूर्वाधारमा पुगेको क्षतिलाई जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा निम्त्याउन सक्ने जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरे।

जलवायु परिवर्तनका कारण पर्यटकीय गन्तव्य, पूर्वाधार तथा स्थानीय समुदायको जीविकोपार्जनमा चुनौती थपिँदै गएको उनको भनाइ थियो। पर्यटन क्षेत्रलाई विपद् तथा जलवायुजन्य जोखिमबाट सुरक्षित राख्न सरकार, स्थानीय समुदाय र संस्थागत संरचनाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए।

मन्त्री पौडेलले विपद् व्यवस्थापन र पर्यटन विकासको केन्द्रमा स्थानीय समुदायलाई राख्दै सरकारी सहयोग तथा संस्थागत क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। यसबाट मात्रै पर्यटन क्षेत्रलाई दिगो, सुरक्षित र उत्थानशील बनाउन सकिने उनको भनाइ थियो।

‘बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रको उत्थानशीलता अभिवृद्धि’ विषयमा केन्द्रित सम्मेलनमा विभिन्न देशका पर्यटनमन्त्री तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।

सम्मेलनमा विश्वव्यापी अनिश्चितता र बदलिँदो परिस्थितिबीच पर्यटन क्षेत्रको जोखिम सामना गर्ने क्षमता अभिवृद्धि, सार्वजनिक–निजी साझेदारी तथा दिगो पर्यटन विकासका विषयमा छलफल भएको थियो। सहभागीहरूले आ–आफ्ना अनुभव तथा धारणा आदानप्रदान गरेका थिए।