काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल पुर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिदैं

1.64K
shares

ai logo सारांश

  • नेपाल पुर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ ।
  • काठमाडौंमा सरकार र निजि क्षेत्र संस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर नेपाल पुर्वाधार सम्मेलन गर्ने घोषणा गरेको छ ।
  • पत्रकार सम्मेलनमा अर्थ मन्त्री स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मन्त्री सोविता गौतम र निजी क्षेत्रको सहभागिता छ ।

काठमाडौं । आगामी डिसेम्बर ९ र १० गते हुने तेस्रो संस्करणको नेपाल पुर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ ।

पुर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुने सम्मेलनमा पुर्वाधार क्षेत्रका विभिन्न परियोजना पेश गरिने भएको हो ।

काठमाडौंमा सरकार र निजि क्षेत्र संस्थाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर नेपाल पुर्वाधार सम्मेलन गर्ने घोषणा गरेको छ । पुर्वाधार विकास मन्त्री सुनिल लम्सालले सम्मेलन लगानीका लागि भएका कानुनी सुधारमा भएका कुराहरु सोकेश गरिने जानकारी दिए ।

लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी सुधार धेरै गरिएकोसमेत बताए । ५९ ओटा कानुनको मस्यौदा तयार भैसकेको पनि लम्सालले जानकारी दिए ।

पत्रकार सम्मेलनमा अर्थ मन्त्री स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मन्त्री सोविता गौतम र निजी क्षेत्रको सहभागिता छ ।