काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लुम्बिनीद्वारा जनकपुरलाई १५० रनको लक्ष्य

2.54K
shares

ai logo सारांश

  • आजको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।
  • पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनायो ।
  • साँझ ५ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज खेल्नेछन् ।

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेट अन्र्तगत आजको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन बनायो ।

जसमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३४ रन बनाए । जनकपुरका बिशाल सुस्लिङ, र राहुल यादवले २/२ विकेट हात पारे ।

लुम्बिनी हाल ५ अंकका साथ शीर्ष स्थानमा छ । जनकपुरमाथि विजय हात पारे लुम्बिनीले शीर्ष स्थानलाई मजबुत बनाउनेछ । तर लुम्बिनीलाई पराजित गरेमा जनकपुर शीर्ष स्थानमा पुग्नेछ । त्यसैले यो खेल शीर्ष स्थानका लागि प्रतिस्पर्धाका रूपमा पनि रहेको छ ।

आजै साँझ ५ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज खेल्नेछन् । विराटनगरको ४ खेलमा २ जित र २ हार तथा काठमाडौंको २ खेलमा १ जित र १ हार रहेको छ ।