काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल बैंक लिमिटेड र फिन्तारा सोलुसन्स प्रालिबीच सम्झौता

1.01K
shares

काठमाडौं : नेपाल बैंक लिमिटेडले ९० औं वार्षिकोत्सवको अवसरमा बिएनपिएल प्लेर्टफर्ममा आबद्ध भई आफ्ना ग्राहकहरुलाई क्रेडिट कार्डबाट किस्ताबन्दिमा सामान खरिद गर्न सक्ने सुविधाको सुरुवात गरेको छ ।

नेपाल बैंक लिमिटेड र फिन्तारा सोलुसनस् प्रा.लि. बिच भएको सम्झौता अनुसार नेपाल बैंकको क्रेडिट कार्ड सुविधा प्रयोग गर्ने ग्राहकले “Buy now pay late” सुविधा प्रयोग गरी १८ महिनासम्मको किस्ताबन्दी सुविधामा सामान खरिद गर्न सक्नेछन् ।

यस सुविधा अन्तर्गत सामान खरिद गर्दा ग्राहकलाई कुनै ब्याज तथा सेवाशुल्क लाग्ने छैन । नेपाल बैंक लिमिटेड प्रधान कार्यालय काठमाडौंमा कार्तिक १६ गते भएको कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत प्रदिप कुमार पाठक र फिन्तारा सोलुसन्सका कार्यकारी निर्देशक आशिष कुमार शर्माले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए।