काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आजको मौसमः तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने

672
shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली रहेको छ। देशका पहाडी तथा तराईका भूभाग, उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, राति हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान छ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आगामी चार दिनका लागि कुनै चेतावनी जारी गरिएको छैन। यद्यपि, मौसममा हुन सक्ने परिवर्तनबारे जानकारी लिन सर्वसाधारण तथा सम्बन्धित सरोकारवाला निकायलाई नियमित रूपमा मौसमसम्बन्धी सूचना तथा पूर्वानुमान हेर्न अनुरोध गरिएको छ।