काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पहिरो, बाढी र निर्माण कार्यका कारण विभिन्न राजमार्ग अवरुद्ध

672
shares

काठमाडौं । बाढी, पहिरो तथा विकास निर्माणका कामले गर्दा देशका विभिन्न राजमार्गहरूमा यातायात आवागमन अवरुद्ध र प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका मुख्य सडक खण्डहरू पूर्ण तथा एकतर्फी रूपमा प्रभावित भएका छन् ।

वि.पि. राजमार्ग रोशी गाउँपालिका वडा नं. ९ पिनथली र वडा नं. ८ गिम्दीबेशीमा गएको पहिरोका कारण सडक प्रभावित भएको छ । कात्तिक १४ गते बिहान ४ः५५ बजेदेखि अवरोध भएको उक्त सडक हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।

बेनीघाट रोराङ गाउँपालिका वडा नं. ९ स्थित मझिमटारमा आकाशीय पुल निर्माण कार्यका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ ।

सोती–मान्बु खण्डमा बाढीका कारण आरुघाट गाउँपालिका वडा नं. ०२ र ०३ स्थित सोतीदेखि मान्बु जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक खण्डमा आवागमन अझै ठप्प रहेको छ ।

बराहताल गाउँपालिका वडा नं. ०७ औलिसेमा १४ गते बिहान ५ः५५ बजे खसेको पहिरोका कारण अवरुद्ध भएको सडक हाल एकतर्फी रूपमा खुलाइएको छ ।