काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४ दशमवल नौ प्रतिशत प्रगति

714
shares

ai logo सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव नौ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव नौ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।

मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार उक्त कार्यक्रमका लागि चालु आवमा पाँच अर्ब २० करोड ९० लाख बजेट विनियोजन भएको थियो ।

पहिलो त्रैमासिकमा छुट्याइएको ६२ करोड ७४ लाख बजेटमध्ये १४ करोड ७० लाख खर्च भएको छ, जुन त्रैमासिक बजेटको २३ दशमलव ४ प्रतिशत हो । सोही अवधिमा त्रैमासिक लक्ष्यको तुलनामा ३४ दशमलव नौ प्रतिशत भारित भौतिक प्रगति भएको छ । उक्त अवधिमा दुई दशमलव नौ किलोमिटर तटबन्ध निर्माण र एक हेक्टर जग्गा उकास भएको महाशाखाका प्रमुख थापाले बताए ।

उनका अनुसार केही आयोजनाले भने त्रैमासिक लक्ष्यभन्दा उल्लेखनीय रा काम गरेका छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुर (चितवन) ले त्रैमासिक भौतिक लक्ष्यको १६० दशमलव आठ प्रतिशत प्रगति हासिल गरेको छ । टार–बजार संरक्षण कार्यक्रमले लक्ष्यको १०८ प्रतिशत प्रगति गरेको छ । लमही (दाङ)ले ८६ दशमलव पाँच प्रतिशत, कञ्चनपुरले ८२ दशमलव पाँच प्रतिशत र जनकपुर (धनुषा)ले ८२ दशमलव तीन प्रतिशत भौतिक प्रगति हासिल गरेको महाशाखाले जनाएको छ ।