काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कात्तिक १८ देखि २१ गतेसम्म राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप

840
shares

ai logo सारांश

  • पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ ।
  • प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका खेलाडी सहभागी हुनेछन् ।
  • सङ्घले स्थापनाकालदेखि नै जुनियर टेनिस प्रशिक्षण र खेलाडी उत्पादनलाई प्राथमिकता दिँदै आएको छ ।

कास्की । पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ । गण्डकी प्रदेश टेनिस सङ्घको आयोजनामा यही कात्तिक १८ देखि २१ गतेसम्म पोखरा रङ्गशाला टेनिस कम्प्लेक्समा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट गरी ४३ जना खेलाडी सहभागी हुँदैछन् ।

नेपाल टेनिस सङ्घको स्वीकृति तथा कास्की जिल्ला टेनिस सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा आठदेखि १८ वर्षमुनिका ‘गल्र्स’ तथा ‘ब्वाइज’ खेलाडीले विभिन्न उमेर समूहमा ‘सिङ्गल्स’ र ‘डबल्स’ विधामा प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक लोकबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताका विजेतालाई आकर्षक उपहार प्रदान गरिनेछ ।

“राष्ट्रियस्तरमा प्रतिभाशाली जुनियर खेलाडीको पहिचान, टेनिस खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो”, प्रतियोगिता संयोजक गुरुङले भने ।

सङ्घले स्थापनाकालदेखि नै जुनियर टेनिस प्रशिक्षण र खेलाडी उत्पादनलाई प्राथमिकता दिँदै आएको छ । सङ्घका अनुसार तीन वर्षको अवधिमा एक दर्जनभन्दा बढी खेलाडी राष्ट्रिय जुनियर वरियतामा पर्न सफल भएका छन् भने केही खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

जुनियर टेनिस प्रशिक्षणलाई व्यवस्थित बनाउँदै विभिन्न विद्यालयमा समेत प्रशिक्षण सञ्चालन गरिरहेको सङ्घले प्रतिभावान् बालबालिकाको पहिचान, गुणस्तरीय प्रशिक्षण र प्रतियोगितामा सहभागिताको अवसरमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको आयोजक गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले बताए ।