global ime bank Long Banner Ad

गृहपृष्ठ ईयू बैठकमा प्रगति पेश गर्दै नागरिक उड्डयन प्राधिकरण

ईयू बैठकमा प्रगति पेश गर्दै नागरिक उड्डयन प्राधिकरण

ईयू बैठकमा प्रगति पेश गर्दै नागरिक उड्डयन प्राधिकरण

काठमाडौं । आगामी १९(२१ जनवरीमा युरोपियन युनियनको प्राविधिक टोलीको बैठकमा नेपाललाई आमन्त्रण गरिएको छ । नेपालको उड्डयन क्षेत्रको प्रगति र अहिलेको अवस्थाबारे ईयूलाई जानकारी गराउन एक टोली बेल्जियमको ब्रसेल्स जाने तयारीमा छ ।

मंसिरमा बसेको ईयूको बैठकले नेपाललाई कालोसूचीमै राख्ने निर्णय गरेको थियो । बैठकले नेपाललाई आफ्नो उड्डयन क्षेत्रमा भएका प्रगति पेश गर्न लगाउने निर्णय गरेको थियो । सोहीअनुसार अहिले प्राविधिक टोलीको बैठकमा सहभागी गराउन लागिएको हो । प्राधिकरणका हवाई सुरक्षा विभाग प्रमुख राजन पोखरेलका अनुसार महानिर्देशक सञ्जीव गौतमसहितको एक टोली ब्रसेल्स बैठकमा भाग लिन जाने र आफ्नो अवस्थाबारे ब्रसेल्समा जानकारी गराउने छौं,’ पोखरेलले भने, ‘अघिल्लो बैठकमा हामीलाई बोलाएको थिएन, अबको बैठकमा हामीले दिएको रिपोर्ट पेश गरिनेछ ।’

प्रकाशित समय : ०६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु