global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ मासिक  एक लाखसम्म आम्दानी

मासिक  एक लाखसम्म आम्दानी

मासिक  एक लाखसम्म आम्दानी

पाल्पा । विदेशबाट फर्कर गाईपालन गर्न थालेका तानसेन नगरपालिकाको बौघापोखराथोक रनबहादुर रेश्मीले मासिक रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । ३२ ओटा गाई पालिएका उनलाई अन्य व्यवसायभन्दा सजिलो र दैनिक आम्दानी लिन सकिने बताए ।
वैदेशिक रोजगारबाट फर्केका तीनओटा गाईबाट व्यवसाय शुरु गरेका थिए । अहिले युवाहरु विदेशबाट फर्केर गाईपालन गर्नेमा तर्फ बढी रहेका छन् ।

मलेसिया, साउदी अरब, कतार लगायतका देशबाट फर्केर युवा गाईपालन तथा तरकारी खेतीमा लागेका छन् । सदरमुकाम तानसेनदेखि नजिकै रहेको उक्त बस्तीका बासिन्दा तरकारी, दूध तथा स्थानीय उत्पादनले बजार पाउने भएपछि व्यावसायिक रुपमा पशुपालन र कृषि उत्पादनमा केन्द्रित बनेका हुन् ।

प्रकाशित समय : ०७:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु