काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार अभियान स्थगित

2.54K
shares

भद्रपुर । सर्वोच्च अदालतको आदेशपछि बिर्तामोड नगरपालिकाले सडक विस्तारका क्रममा सडक क्षेत्रभित्र रहेका संरचना हटाउने तथा भत्काउने काम हालका लागि स्थगित गरेको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बुधबार सूचना जारी गर्दै कार्यपालिका बैठकको निर्णयअनुसार सर्वोच्च अदालतबाट अन्तिम फैसला नआएसम्म पूर्वप्रकाशित सूचनाअनुसार संरचना हटाउने कार्य रोकिएको जानकारी दिएका हुन्।

नगरपालिकाले गत जेठ २७ गते पहिलोपटक ३५ दिने र साउन ४ गते दोस्रोपटक १५ दिने अन्तिम म्यादसहित सूचना प्रकाशित गर्दै सडकको क्षेत्राधिकारभित्र रहेका अस्थायी तथा स्थायी संरचना हटाउन आग्रह गरेको थियो। त्यसक्रममा प्रभावित संरचनाको नापजाँचसमेत सम्पन्न भइसकेको थियो।

नगरपालिकाको निर्णयविरुद्ध बिर्तामोड नगरपालिका–५ का ११ जना स्थानीयले दीपप्रशुन सुवेदीलाई वारेस नियुक्त गरी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत असार ३१ गते उत्प्रेषणको आदेश जारी गरेको थियो। अदालतको आदेशपछि नगरपालिकाले अन्तिम फैसला नआएसम्म सडक विस्तारअन्तर्गत संरचना हटाउने कार्य स्थगित गर्ने निर्णय गरेको जनाएको छ।