गृहपृष्ठ राष्ट्रपतिले प्रधानमन्त्री शाहसँग देशको पछिल्लो अवस्थाबारे जानकारी लिए
राष्ट्रपतिले प्रधानमन्त्री शाहसँग देशको पछिल्लो अवस्थाबारे जानकारी लिए
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका विभिन्न स्थानमा देखिएको पछिल्लो हिंसात्मक घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री बालेन्द्र शाहसँग जानकारी लिएका छन्।
देशका विभिन्न भागमा हिंसात्मक घटना बढ्दै गएपछि राष्ट्रपति पौडेलले बुधबार प्रधानमन्त्री शाहलाई शीतलनिवास बोलाएर वर्तमान अवस्थाबारे चासो र चिन्ता व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
भेटका क्रममा प्रधानमन्त्री शाहले देशमा शान्ति–सुव्यवस्था कायम गर्न सरकारले गरिरहेको प्रयास र चालिएका कदमबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
सो अवसरमा राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई विश्वासमा लिएर संयमतापूर्वक परिस्थिति सामान्य बनाउन तथा सामाजिक सद्भाव कायम राख्न सरकारलाई सुझाव दिएका थिए।
यसैबीच प्रधानमन्त्री शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पनि टेलिफोनमार्फत कुराकानी गर्दै देशको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन्।
प्रकाशित समय : २२:३० बजे


















