काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

903
shares

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

सरकारमा सहभागी नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री यादवले दिउँसो १ बजे विश्वासको मत लिने तयारी रहेको र बहुमत जुटाउन विभिन्न दलसँग छलफल भइरहेको बताएका छन्।

१०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार टिकाउन कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक छ। मुख्यमन्त्री यादवलाई कांग्रेसका २२, जसपा नेपालका २७ र जनमत पार्टीका १२ सदस्यको समर्थन प्राप्त हुने सम्भावना छ।