काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

462
shares

जनकपुर। मधेस प्रदेशसभाको बैठक शनिबार दिउँसो १ः०० बजेदेखि बस्नेगरी आह्वान गरिएको छ ।

मधेस प्रदेश सरकार ९मन्त्रिपरिषद्०को आज बसेको बैठकको निर्णयअनुसार प्रदेशसभा आह्वान गर्न सिफारिस भएपछि प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेको हुन् ।

प्रदेश प्रमुखको कार्यालयबाट आज जारी विज्ञप्तिअनुसार विसं २०८३ कात्तिक २८ गते शनिबार दिउँसो १ः०० बजेदेखि लागू हुनेगरी मधेस प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।

प्रदेशसभा आह्वानसम्बन्धी जानकारी प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा जारी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।