global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ७७ जिल्लामा चेम्बर अफ कमर्शले शाखा खोल्ने

७७ जिल्लामा चेम्बर अफ कमर्शले शाखा खोल्ने

७७ जिल्लामा चेम्बर अफ कमर्शले शाखा खोल्ने

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको अबको एजेन्डा आर्थिक समृद्धि तर्फ लैजानु पर्नेमा जोड दिएका छन् । ६७ औं वार्षिक साधारण सभाको बिहीबार राजधानीमा उदघाटन गर्दै उनले मुलुकले अव आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिनु पर्ने धारणा राखेका छन् । मुलुकको आर्थिक समृद्धिका लागि निर्यातमा जोड दिनु पर्ने, निर्यात वृद्धि गर्ने नेपाली व्यवसायीहरुलाई सम्मान थाल्नु पर्ने बताएका छन् ।
नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चेम्बर अफ कमर्स स्थापना भएको ६७ वर्ष भएको उल्लेख गर्दै निजी क्षेत्रकोे सशक्तिकरणबाट मात्र राष्ट्रको समग्र बिकास सम्भव हुने आफ्नो स्थापना काल देखिनै निजी क्षेत्रको सम्वद्र्धन र संरक्षण गर्दै सरकार र निजी क्षेत्र बीच सेतुको रुपमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताए ।

चेम्बर अफ कमर्स मुलुकको विद्यमान संघीय संरचना अनुरुप सातवटै प्रदेश र ७७ वटै जिल्लामा चेम्बर अभियानलाई पुर्यारउने ६७ औं वार्षिक साधारणसभा मार्फत भएको बताए । हाल चेम्बरमा ८५ वटा वस्तुगत संघ, २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ आवद्ध रहेको छ र ५२ वटा अन्तराष्ट्रिय संघ संस्थाहरुसंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको जानकारी उनले दिए ।
नेपाल सार्वजनिक विदा दिने देशमा सबै भन्दा अगाडी देखिए छ । समुदायका पर्वमा सोही समुदाय तथा क्षेत्रलाई बिदा दिने गरी अन्य कार्यालय बन्द नगर्ने व्यवस्था गर्न र पर्वका विदाको दिनमा समेत बैंक वित्तिय एवं सेवाका कार्यालयहरु खुला हुने व्यवस्था गर्न सरकारसँंग माग गरे ।
सो अवसरमा लाइफ टाइम एचीभमेन्ट अवार्डबाट गशेशभक्त शाख, इन्द्रभक्त मेमोरिय अवार्डबाट शिवकुमार अग्रवाल, वनवारीलाल मेमोरियल अवार्डबाट सुगतरत्न कंसाकारलाई पुरस्कृत गरियो । साथै नेपाल चेम्वर अफ कमर्सको कार्यसमितिमा रहेर निरन्तर ४० वर्ष भन्दा वढी विभिन्न पदमा रहेर कार्य गरी विशेष योगदान दिएका प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरलाई कदरपत्र प्रदान गरियो ।
चेम्वरको अग्रसरतामा सञ्चालित प्राकृतिक प्रकोपबाट पीडित राहत कार्यमा योगदान पुयाउनु भएका नेपाल निर्जीवन विमा व्यवसायी संघका अध्यक्ष तथा चेम्वरका उपाध्यक्ष राजेन्द्र मल्ल, प्रभु इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य, मनाग एयर प्रालिका अध्यक्ष सतिश प्रसाद प्रधान, भक्तपुर इटा तथा टायल उद्योग संघका अध्यक्ष दुर्गाप्रसाद मल्ल, श्रीकृष्ण सुधा अमृत सेवा संघका माता सपना श्रेष्ठ, चेम्वर कार्यसमिति सदस्यहरु सुरेन्द्रकुमार श्रेष्ठ, सुवास चन्द्र संघाई, दीपक मल्होत्रा, आरबी कम्प्लेक्स व्यापार संघका महासचिव संदीपकुमार अग्रवाल, नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला, खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष मनोज बाबु श्रेष्ठ, नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ गरी १२ जनालाई सम्मान गरियो । यसैगरी चेम्वरबाट तेश्रो मुलुकतर्फ जारी गरिएको उत्पतिको प्रमाणपत्रको आधारमा उत्कृष्ट स्थान हासिल गर्न सफल पाँंच जना कार्गो एजेन्ट तथा निकासीकर्ताहरुलाई पनि सम्मान गरियो ।

प्रकाशित समय : ०६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु