global ime bank Long Banner Ad

गृहपृष्ठ जाजरकोटमा महामारी, जुम्लाबाट विशेषज्ञ टोली पुगे

जाजरकोटमा महामारी, जुम्लाबाट विशेषज्ञ टोली पुगे

जाजरकोटमा महामारी, जुम्लाबाट विशेषज्ञ टोली पुगे

जुम्ला- छिमेकी जिल्ला जाजरकोटमा फैलिएको भाइरल ज्वारो महामारी क्षेत्रमा जुम्लाबाट विशषज्ञ चिकित्सकको टोलीलाई पठइएको छ ।

दुई साताभन्दा बढी समयदेखि जाजरकोटको पश्चिमी जुनुचाँदे गाउँपालिकाका विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन नसके पछि कर्णालीवाट विशेषज्ञ सहितको टोली खटिएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले वाल रोग विशेषज्ञ डा. नम्रता सिन्दान र मेडिकल अधिकृत सुर्य चौधरीलाई महामारी प्रभावित क्षेत्रमा खटाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्ले बताए। ‘बुधबार नै विशेषज्ञ चिकित्सकसहितको टोलि महामारी फैलिएको क्षेत्रमा गैसकेको छ,’ उनले भने, ‘क्षेत्रिय स्वास्थ्य निर्देशनालय सुर्खेत र जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको आग्रहमा चिकित्सकको टोली खटाइएको हो।’

‘शिक्षण अस्पताल जुम्लाबाट महामारी क्षेत्र जाजरकोटमा दुई हप्ताका लागि भनेर टोलि खटाएका छौं,’ शिक्षण अस्पतालका अस्पताल निर्देशक धर्मराज गोसार्इंले भने, ‘दुई हप्ता भनेपनि प्रकोप नियन्त्रण नहुन्जेल सम्म फर्कने छैन।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको विशेषज्ञ डाक्टरको टोली उपचारका लागि बिरामीको घरदैलोमै पुग्ने चिकित्सकहरु बताउँछन्।

प्रकाशित समय : ११:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु