काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भारतमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

7.77K
shares

काठमाडौं । भारतको पश्चिम बंगालको मुर्शिदाबाद जिल्लामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । बसमा ५६ जना सवार थिए ।
घटनास्थलबाट ३६ जनाको शव निकालिएको भने अन्यको खोजी जारी रहेको बीबीसीले जनाएको छ । १० जना वेपत्ता रहेको छ अन्य घाइतेको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

नादिया जिल्लाको शिकापुरबाट माल्दा जाँदै गरेको बस सोमबार बिहान ६ बजेतिर दुर्घटना भएको थियो । सोमबार दिनभर उद्धार र खोजी चले पनि बेलुकीपछि रोकिएको थियो ।