global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ भारतमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

भारतमा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

भारतमा  बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु

काठमाडौं । भारतको पश्चिम बंगालको मुर्शिदाबाद जिल्लामा बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । बसमा ५६ जना सवार थिए ।
घटनास्थलबाट ३६ जनाको शव निकालिएको भने अन्यको खोजी जारी रहेको बीबीसीले जनाएको छ । १० जना वेपत्ता रहेको छ अन्य घाइतेको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

नादिया जिल्लाको शिकापुरबाट माल्दा जाँदै गरेको बस सोमबार बिहान ६ बजेतिर दुर्घटना भएको थियो । सोमबार दिनभर उद्धार र खोजी चले पनि बेलुकीपछि रोकिएको थियो ।

प्रकाशित समय : ०७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु