काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेकपाको स्थायी समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

15.68K
shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक बस्दैछ । पार्टीको नियमावलीलाई अन्तिम रुप दिनुअघि नेकपा सचिवालयले स्थायी समितिको सुझाव लिन लागेको हो ।

धुम्बराहीमा अपराह्न ३ बजेपछि बस्ने बैठकमा पार्टीको प्रस्तावित नियमावलीबारे छलफल गरी स्थायी समितिको सुझाव लिइने सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले नियमावलीको मस्यौदा सचिवालयलाई बुझाइसकेको छ । स्थायी समितिको सुझावपछि त्यसलाई अन्तिम रुप दिने नेकपाको तयारी छ । स्थायी समिति बैठकका लागि अन्य केही एजेण्डा पनि छन् । बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले रिपोर्टिङ गर्ने कार्यसूचि पनि तयार छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले हालै सम्पन्न आफ्नो चीन भ्रमण तथा सरकारको कामकारबाहीबारे जानकारी गराउनेछन् भने अर्का अध्यक्ष दाहालले समसामयिक राजनीति, पार्टीको सांगठनिक एकीकरण प्रक्रियालगायतबारे ब्रिफिङ गर्नेछन् । यसअघि बुधबार बसेको पार्टी सचिवलाय बैठकले प्रस्तावित नियमावलीलाई अन्तिम रुप दिन स्थायी समितिको सुझाव लिने निर्णय गरेको थियो ।