काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

लुम्बिनी विकास बैंकको सीईओमा नरेशसिंह बोहरा

7.96K
shares

काठमाडौं– लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेशसिंह बोहरा नियुक्त भएका छन् । बैंकको जेठ २३ गते बसेको सञ्चालक समिति बैठकले बोहरालार्इ चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

बोहरा देवः विकास बैंकमा डेपुटी सीर्इओमा कार्यरत छन् । उनी साउन १ देखि लुम्बिनी विकास बैंकमा पद सम्हाल्नेछन् । सीर्इओ झलकप्रसाद खनालले लुम्बिनी विकास बैंकबाट जेठ ४ गते राजीनामा दिएका थिए ।

बोहरा देवः विकास बैंकअघि नेसनल नारायणी फाइनान्समा प्रमुख कार्यकारी अधिकृत थिए । उक्त फाइनान्स सनराइज बैंकमा मर्ज भएपछि उनी देवः विकास बैंकमा गएका थिए ।

बोहरासँग नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, युनाइटेड फाइनान्स, नेसनल नारायणी फाइनान्स र देवःविकास बैंकमा गरी २१ वर्ष वित्तीय क्षेत्रमा काम गरेको अनुभव छ ।