गृहपृष्ठ रूसमा दोस्रोपटक चुरोट सेवन गर्नेलार्इ दिइन्थ्याे मृत्युदण्ड !
रूसमा दोस्रोपटक चुरोट सेवन गर्नेलार्इ दिइन्थ्याे मृत्युदण्ड !
अहिले रक्सी पिउने र चुरोट खानेहरुको संख्या बढ्दै गएको छ । सीमित प्रकृतिका युवाहरुमा चुरोट र रक्सी संस्कृति फेसनजस्तै बनिसकेको छ । चुरोटको इतिहास के हो ? चुरोटको सुरुवात कसले र किन गरे ? अाज हामीले चुरोटको रोचक तथ्यको बारेमा चर्चा गर्ने प्रयास गरेका छौं । यस्ताे थियाे चुराेटकाे इतिहास ः
- सूर्तिलाई कागजमा बेरेर पहिलोपटक ब्राजिलियनहरुले चुरोट बनाएका थिए । क्रिस्टोफर कोलम्बसले क्विन इजाबेलाबाट सूर्तिका पात ल्याएका थिए ।
- सन् १५५९ मा फ्रान्सका कुटनीतिज्ञ जाँ निकोटले घाउ, दम र क्यान्सर निको पार्छ भनेर पोर्चुगलबाट सुर्तीका बोट ल्याएका थिए । तर, यसले झन् उल्टो असर देखाउन थाल्यो । क्यान्सर जस्ता रोगको प्रमुख कारक बन्यो । सुर्तीमा पाइने निकोटिन नामक तत्व उनै कूटनीतिज्ञको नामबाट राखिएको हो ।
- सन् १६०० मा अधिकांश देशले चुरोट सेवनलाई गैरकानुनी घोषणा गरेका थिए । टर्कीमा त सूर्तिजन्य पदार्थ प्रयोग गर्नेलाई यातना दिइन्थ्यो या मृत्युदण्ड दिइन्थ्यो । चीनमा टाउको काटेर हत्या गरिन्थ्यो
- रुसमा दोस्रोपटक चुरोट सेवन गरेको फेला परे मृत्युदण्ड दिइन्थ्यो ।
- एउटा चुरोटमा ४,८०० रासायनिक पदार्थ हुन्छ, जसमा ६० रसायनले क्यान्सर गराउँछन् ।
- विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा धूमपान गर्नेको संख्या १ अर्ब १० करोड छ । यो प्रवृत्ति कायम रहने हो भने सन् २०२५ सम्ममा धूमपान गर्नेको संख्या १ अर्ब ६० करोड पुग्ने अनुमान गरिएको छ ।
- सूर्तिजन्य पदार्थको प्रयोगले हरेक वर्ष ६० लाख मानिसको मृत्यु हुने गरेको छ, अर्थात् हरेक ५ सेकेन्डमा एकजनाको मृत्यु हुने गरेको छ । यो एचआईभी, क्षयरोग तथा मलेरियाबाट भएको कूल मृत्युभन्दा निकै बढी हो ।
- सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार सन् २०१६ मा अमेरिकामा धुमपान गर्नेको संख्या ३७ करोड ८० लाख थियो । अमेरिकी राज्यमध्ये अर्कासान्स, केन्टकी, लुसियाना, मिसिसिपी, मिसौरी, ओहियो, टेनेसी र वेष्ट भर्जिनियामा २१ प्रतिशतभन्दा बढी वयस्कहरु धूमपान गर्छन् ।
- अमेरिकामा हरेक दिन ४ हजार किशोरले पहिलोपटक चुरोटको स्वाद लिने गरेको पाइएको छ भने एक व्यक्तिले बर्सेनी १,५०० देखि ३,३०० डलरसम्म धुम्रपानमा खर्च गर्छन् ।
- धुम्रपानका कारण अमेरिकामा झण्डै ३ सय ३३ बिलियन डलर स्वास्थ्य सेवामा खर्च भइरहेको छ ।
- अमेरिका तथा युरोपका केही भागमा धूमपान कानूनी भएपनि तिनीहरुले चुरोट किन्न पाउँदैनन् ।
- अर्को व्यक्तिले गरेको धुम्रपानका कारण अमेरिकामा मात्र बर्षेनी ५० हजार जनाको मृत्यु हुने गरेको छ, भने धूमपानका कारण उक्त राष्ट्रमा हरेक वर्ष ४ लाख ८० हजार जनाको मृत्यु हुने गरेको छ ।
- धुम्रपानले एक मानिसको आयु १३ वर्ष घटाउँछ, अझ एचआइभी संक्रमित छ भने धुम्रपानका कारण १६ वर्ष आयु घट्छ ।
- धूमपानका कारण लाग्ने प्रमुख रोग क्यान्सर हो । त्यसमा पनि मुख्यतः फोक्सोको क्यान्सर । यसबाहेक ब्लाडर, रगत, बोन म्यारो, पेट, कोलोन, सर्भिक्स, मिर्गौला, कलेजो, मुख, घाँटीजस्ता क्यान्सर लाग्न सक्छन् ।
- क्यान्सरबाहेक धुम्रपानले कोरोनरी हार्ट डिजिजको खतरा ४ सय प्रतिशतसम्म बढाउँछ ।
- विश्वमा प्रतिमिनेट एक करोड चुरोट किनिन्छ र एकदिनमा एक अर्ब ५० करोड चुरोट बिक्री हुन्छ र बर्षमा ५ खर्ब खिल्ली चुरोट किनिन्छ ।
- हरेक दिन विश्वमा १५ बिलियन चुरोट सल्काइन्छ ।
- ६९ प्रतिशत धूमपानकर्ताहरुले तत्काल बानी छाड्न चाहन्छन् ।
- विश्वका कूल धूमपानकर्तामध्ये एकतिहाई चिनिया छन् ।
-प्रस्तुति ः सञ्जय श्रेष्ठ
प्रकाशित समय : २१:०५ बजे



















