काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

ज्योति विकास बैंकको तीन स्थानमा एटीएम सेवा

10.97K
shares

काठमाडौं– ज्योति विकास बैंकले थप तीन ठाउँमा एटीएम सेवा सुरु गरेको छ । बैंकले काठमाडौंको पेप्सिकोला, नेपालटार र विराटनगरमा एटीएम सेवा सुरु गरेको हो ।

यससँगै बैंकको एटीएम काउन्टर १७ स्थान पुगेको छ । हालैमात्र बैंकले एससीटी कार्डलाई प्रतिस्थापन गरी भिसा डेबिट कार्ड प्रयोगमा ल्याएको छ । हाल बैंकले ५४ वटा शाखा कार्यालयबाट सेवा प्रदान गरिरहेको छ । यसै वर्ष थप पाँचवटा नयाँ शाखा र पाँचवटा एटीएम सञ्चालनमा ल्याउने बैंकले जनाएको छ ।