गृहपृष्ठ जापानमा बाढीबाट मृत्यु हुनेको संख्या १५६ पुग्यो

जापानमा बाढीबाट मृत्यु हुनेको संख्या १५६ पुग्यो

जापानमा बाढीबाट मृत्यु हुनेको संख्या १५६ पुग्यो

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मंगलबार बिहानसम्ममा १५६ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले एक सय ५६ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था एनएचकेले जनाएको थियो । तर, मंगलबार बिहानसम्ममा थप ५६ जनाको शव प्राप्त भएको हो ।

अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्वार कार्यमा समस्या भइरहेको जनाइएको छ । यस प्रकोपमा परी अझै पनि कयौं व्यक्ति हराइरहेका छन् । मौसमविदले वर्षा अझै नरोकिने जनाएकाले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो ।

हराएकाको खोजी तथा उद्धार कार्यमा हजारौं सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ । जापानको राजधानी टोकियोदेखि ६ सय किलोमिटर पश्चिममा अवस्थित मोतोयामा नगरमा वर्षा र बाढीको प्रकोप बढेको बताइएको छ । हिरोसिमामा पनि बाढी र पहिरोको प्रकोप जारी छ ।

(रासस)

प्रकाशित समय : २२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु