गृहपृष्ठ बैंकबाट रकम निकालेर फर्कंदै गर्दा महोत्तरीमा १८ लाख लुटपाट

बैंकबाट रकम निकालेर फर्कंदै गर्दा महोत्तरीमा १८ लाख लुटपाट

बैंकबाट रकम निकालेर फर्कंदै गर्दा महोत्तरीमा १८ लाख लुटपाट

महोत्तरीको जलेश्वरबाट पैसा झिकेर फर्किने क्रममा एक युवकको साथबाट रकम लुटिएको छ । रकम झिकेर फर्कंदै गर्दा मंगलबार दिउँसो सञ्जीव साहको साथबाट रकम लुटिएको प्रहरीले जनाएको छ ।

महोत्तरीका दुई बैंकबाट रकम लिएर फर्कंदै गर्दा साहको साथबाट १८ लाख २९ हजार लुटिएको प्रहरी निरिक्षक विज्ञान बस्नेतले जानकारी दिए ।

महोत्तरी प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरी निरीक्षक बस्नेतले लुटेराहरुको खोजी कार्यलाई तीव्र पारिएको बताए ।

साहले जिल्ला सदरमुकाम जलेश्वरस्थित लक्ष्मी बैंक र प्रभु बैंकबाट पैसा निकालेका थिए । दुईवटा मोटरसाइकलमा आएका अज्ञात हतियारधारी लुटेराहरूले जलेश्वर बर्दिबास सडकखण्डको सरपल्लो गाउँको दक्षिणपट्टि रहेको पेट्रोल पम्पनजिकैको बाँसघार अगाडिबाट लुटेर भागेका हुन् ।

प्रकाशित समय : २३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु