गृहपृष्ठ रौतहट डुंगा दुर्घटना अपडेट : दुईको शव भेटियो, ५ जना अझै बेपत्ता
रौतहट डुंगा दुर्घटना अपडेट : दुईको शव भेटियो, ५ जना अझै बेपत्ता
रौतहटको लालबकैया नदीमा डुंगा दुर्घटना हुँदा हराइरहेका मध्ये दुई जनाको शव भेटिएको छ ।
टीकुलिया घाटमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा हराएका मध्ये रुनादेवी पटेल र शान्ती देवीको शव फेला परेको प्रहरीले जनाएको छ ।
अझै ५ जना हराइ रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जनाकारी दिए ।
प्रकाशित समय : १६:४५ बजे


















