गृहपृष्ठ कञ्चनपुरको भीमदत्तमा फेरि कर्फ्यु
कञ्चनपुरको भीमदत्तमा फेरि कर्फ्यु
कञ्चनपुरको भीमदत्त नगरपालिकामा पाँच घण्टाको लागि खुलाइएको कर्फ्यु फेरि सुरु भएको छ । जनैपूर्णिमाको लागि प्रशासनले आइतबार बिहान ५ बजेदेखि १० बजेसम्म कर्फ्यु हटाएको थियो ।
अर्को आदेश जारी नभएसम्म फेरि कर्फ्यु लगाइएको छ । निर्मला पन्तको वास्तविक हत्यारा पक्राउको माग राख्दै भएको आन्दोलनमा प्रहरीको गोली लागि सन्नी खुनाको मृत्यु भएपछि शुक्रबारदेखि कर्फ्यु लगाइएको हो ।
प्रकाशित समय : १६:५९ बजे


















