गृहपृष्ठ अस्ताए सनी खुना
अस्ताए सनी खुना
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको वास्तविक हत्यारा पक्राउको माग राख्दै भएको आन्दोलनमा प्रहरीको गोली लागि मृत्यु भएका १४ वर्षीय सनी खुनाको दाहसंस्कर गरिएको छ । आइतबार बिहान कर्फ्यू हटाइएका बेला उनको दाहसंस्कर गरिएको हो ।
प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर शुक्रबारे मृत्यु भएको थियो । सरकाले खुनालाई शहीद घोषणा गर्दै राहतस्वरुप १० लाख परिवारलाई सहायता दिने निर्णय गरेको छ । शनिबार बसको मन्त्रिपरिषद बैठकले उनलाई शहीद घोषणा गरेको हो ।
प्रकाशित समय : १७:२० बजे


















