गृहपृष्ठ जनैपूर्णिमाको रौनक (फोटोफिचर)
जनैपूर्णिमाको रौनक (फोटोफिचर)
श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइएकाे छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।
रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा छ । आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्छन् । काठमाडौंको पशुपति क्षेत्रमा रहेको नेपाल वेद विद्याश्रमका विद्यार्थीहरुले पनि परम्परा अनुसार जनैपूर्णिमा मनाएका छन् ।


















प्रकाशित समय : १८:१७ बजे


















