गृहपृष्ठ रौतहट डुंगा दुर्घटना अपडेट : ५ जना अझै बेपत्ता, खोजी जारी
रौतहट डुंगा दुर्घटना अपडेट : ५ जना अझै बेपत्ता, खोजी जारी
रौतहटको लालबकैया नदीमा डुंगा दुर्घटना हुँदा हराइरहेका ५ जना अझै भेटिएका छैनन् । शनिबार राति भएको ढुंगा दुर्घटनामा परेका २२ जना सम्पर्कमा आएका छन् ।
प्रहरीका अनुसार ओमप्रकाश चन्द्रवंशी, शान्तिदेवी साह, इन्दुदेवी पटेल, उष्मा पटेल र रुनादेवी पटेल रहेका छन् ।स्थानीयले भने अझै ७/८ जना हराइहेको बताएका छन् ।
बिहानैदेखि हराइ रहेकाको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । उनीहरुको प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा खोजी भइरहेको छ । निर्माणधीन पुलमा ठोक्किएर ढुंगा दुर्घटनामा परेको हो ।
प्रकाशित समय : १६:१४ बजे


















