global ime bank Long Banner Ad

गृहपृष्ठ बडिगाड तुरतुरे पहिरोमा परी १ जनाको मृत्यु

बडिगाड तुरतुरे पहिरोमा परी १ जनाको मृत्यु

बडिगाड तुरतुरे पहिरोमा परी १ जनाको मृत्यु

बडिगाडबाट बुर्तिबाङ बजार तिर जाँदै गर्दा पहिरोमा परी एक जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर अर्घाखाँचीकी ३६ वर्षीया बिबिरन खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिीवाङका प्रमुख ओमप्रकाश यादवका अनुसार सोमबार बिहान साढे ११ बजे तुरतुरेको पहिरोमा पुरिएर खातुनको मृत्यु भएको हो । अर्घाखाँची घर भएकी खातुन बुर्तिवाङ बजारमा फेन्सी व्यवसाय गर्दै आएकी थिइन् ।

खातुन पहिरोको बाटो हुँदै भिङगिठेतर्फ आउँदै गर्दा अचानक माथिबाट पहिरो खसेको थियो । उक्त पहिरोमा परी उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । खातुनको अघिअघि हिडेका उनका श्रीमान भने पहिरोबाट बच्न सफल भएका छन् ।

अरु पैदलमार्गीहरु पनि पहिरोमा परेको हुनसक्ने स्थानीयहरुले आशंका गरेका छन् ।

प्रकाशित समय : १९:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु