global ime bank Long Banner Ad

गृहपृष्ठ पोखरामा होण्डाको एक्स ब्लेडको बिक्री सुरु

पोखरामा होण्डाको एक्स ब्लेडको बिक्री सुरु

पोखरामा होण्डाको एक्स ब्लेडको बिक्री सुरु

पोखरामा सोमबारदेखि होण्डाको एक्स–ब्लेड बाइकको विक्रि सुरु भएको छ । पोखरा नयाँबजारमा रहेको कुँवर ब्रदर्शले पोखरामा एक्स ब्लेडको विक्रि सुरु गरेको हो ।

सोमबार गण्डकी प्रदेशका ट्राफिक प्रहरी उपरीक्षक विरेन्द्रकुमार बस्याल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ तथा संचालक कुँवरले संयुक्त रुपमा बाइक सार्वजनिक गरेका हुन् ।

कुँ्वर ब्रदर्सका सञ्चालक कुँवरले दशैं तथा तिहारको अवसर पारेर पोखरामा होन्डाको एक्स ब्लेड विक्रि सुरु गरिएको बताए । उनले होन्डाको बाइक किन्न चाहने उपभोक्तालाई नयाँ ब्राण्डको बाइक बजारमा ल्याएको बताए । पावर, माईलेज, स्टाईलको उत्कृष्ट समिश्रणका रुपमा एक्स ब्लेड रहेको उनले दावी गरे ।

२ लाख ८५ हजार ९ सय मुल्य रहेको उक्त बाइक रातो, हरियो, निलो, कालोसहित ५ कलरमा उपलब्ध भएको कम्पनीले जनाएको छ । १६० सीसीको वाइक, इमर्जेन्सी लाइट सिस्टम, पेट्रेलमा डिस ब्रेक, १२ लिटरको ट्याङकी लगायतका विषेशता रहेको संचालक कुंवरको भनाई छ ।

प्रकाशित समय : २०:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु