global ime bank Long Banner Ad

गृहपृष्ठ सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरे ।

सम्झौतासँगै जनता बैंकका ग्राहकले बिमा शुल्क भुक्तानी गर्न, बिमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् । उत्कृष्ट सेवासहित सरल र सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न बिमालेख जनता बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले कारोबार सुरु गरेको नौ महिनामा वैदेशिक रोजगार बिमाबाहेक विभिन्न ११ प्रकारका बिमा योजनामा ९ हजार ८ सय २१ पोलिसी बिक्री गरी २९ करोड ६९ लाख ७५ हजार ६ सय ६५ रुपैयाँ प्रिमियम संलकन गरेको जनाएको छ । कम्पनीले चुक्ता पुँजी २ अर्ब पुर्याउन ६० करोड मूल्यको आईपीओ बिक्री गर्न लागेको छ ।

प्रकाशित समय : २३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु