गृहपृष्ठ सिटिजन्स बैंकको ८०औं शाखा थानकोटमा
सिटिजन्स बैंकको ८०औं शाखा थानकोटमा
सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौंको थानकोटमा ८०औं शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले सोमबार उद्घाटन गरे ।
शाखा उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको उपस्थिति थियो । नयाँ शाखाबाट सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा ग्राहकलाई छिटोछरितो प्रदान गर्ने प्रबन्धक ध्रुव सुवेदीले प्रतिबद्धता व्यक्त गरे ।
देशभर सिटिजन्स बैंकले ८० शाखा, ७३ एटिएम र ९९ शाखारहित बैंकिङ एकाइबाट करिब तीन लाख ५० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय : २३:१४ बजे



















