global ime bank Long Banner Ad

गृहपृष्ठ ग्लोबल आइएमई बैंकका ग्राहकलाई न्युरो हस्पिटलमा विशेष सुविधा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई न्युरो हस्पिटलमा विशेष सुविधा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई न्युरो हस्पिटलमा विशेष सुविधा

ग्लोबल आइएमई बैंक र विराटनगरको न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच सम्झौता भएको छ । अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा अस्पतालका सञ्चालन निर्देशक राजेश भट्टराई र ग्लोबल आइएमईका विराटनगर शाखा प्रबन्धक शशीशेखर शर्माले हस्ताक्षर गरे ।

सम्झौतापश्चात न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी हस्पिटल विराटनगरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहक, बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले विभिन्न सेवामा १५ प्रतिशत छुट पाउनेछन् ।

प्रकाशित समय : २३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु