global ime bank Long Banner Ad

गृहपृष्ठ माछापुच्छ्रे बैंकका थप दुर्इ शाखारहित बैंकिङ

माछापुच्छ्रे बैंकका थप दुर्इ शाखारहित बैंकिङ

माछापुच्छ्रे बैंकका थप दुर्इ शाखारहित बैंकिङ

माछापुच्छ्रे बैंकले इलाम र म्याग्दीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको साँखेजुङ र म्याग्दीको रघुगंगा गाउँपालिकाको राखु भगवतीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको हो ।

यससँगै माछापुच्छ्रे बैंकका शाखारहित बैंकिङ सेवा संख्या २९ पुगेको छ । ग्राहक सेवा केन्द्रका रुपमा सञ्चालित तीन शाखारहित सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानी र कर्जा आवेदन गर्नेसमेत व्यवस्था गरिएको छ । बैंकले नेपालमै पहिलोपटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरलगायत २९ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा ११७ स्थानबाट सेवा प्रदान गरिरहेको छ । बैंकका देशभर ९९ वटा एटीएम सञ्चालनमा छन् ।

प्रकाशित समय : २३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु