global ime bank Long Banner Ad

गृहपृष्ठ सरकारी जागिरे प्रेस युनियनको उपसभापति भएपछि खैलाबैला

सरकारी जागिरे प्रेस युनियनको उपसभापति भएपछि खैलाबैला

सरकारी जागिरे प्रेस युनियनको उपसभापति भएपछि खैलाबैला

कुनै समाचार नलेखे पनि पत्रकार परिचय पत्र झुन्ड्याएर हिँड्ने ‘नक्कली पत्रकार’को कमी छैन अर्घाखाँचीमा । बरु वर्षौदेखि पत्रकारिता गरिरहेकाहरुले यस्तो गर्न नरुचाएका हुन सक्छन् । तर, समाचार लेख्नै नजान्ने र अरु पेशा व्यवसाय गर्ने कतिपयले पत्रकारले लिने सेवा सुविधा लिने र त्यही अनुसारको रजगज देखाएर हिँड्नेको संख्या ठूलै छ । फेरि गाडी वा मोटरसाइकलमा ‘प्रेस’ लेखेर हिँड्दा जिल्लातिर सानै अर्को हुने ठान्ने ‘गैर पत्रकार’ पनि उत्तिकै छन् ।

पछिल्लो समय यस्तै एउटा घटनाले अर्घाखाँचीका पत्रकारहरुको कान ठाडो पारेको छ, दृष्टि एकोहोरो बनाएको छ । घटना हो, नेपाली कांग्रेस निकट प्रेस युनियनको उपाध्यक्षमा सरकारी जागिरे व्यक्तिलाई चुनिएको विषय । उनी हुन्, प्रेस युनियन अर्घाखाँचीका निर्वतमान अध्यक्ष सूर्यप्रसाद भुषालकी श्रीमती सरिता ।

हाल उनी सन्धीखर्क नगरपालिकामा कम्प्युटर सहायक पदमा कार्यरत छिन् । दुई पटक प्रेस युनियन जिल्ला सभापति बनेका सूर्यप्रसादले पुहँचको आधारमा श्रीमतीलाई सन्धीखर्क नगरपालिकामा करारको जागिर खुवाए । यसको विरोध स्थानीय पत्रकाहरुले खुलेरै गरेका थिए सामाजिक सञ्जालमार्फत ।

अहिले फेरि उनै सूर्यप्रसादले श्रीमतीलाई प्रेस युनियनको जिल्ला उपसभापति बनाएका छन् । दुई बर्षसम्म निरन्तर सभापति बनेका सूर्यप्रसाद रेडियो रेउरालीमा कार्यरत छन् । उनकी श्रीमती पनि नगरपालिकामा जागिर खानुअघि सोही रेडियोमा कार्यक्रम प्रस्तोताको रुपमा काम गरेको बुझिएको छ ।

को को चुनिएका थिए ?
हालै सम्पन्न भएको नेपाल प्रेस युनियन अर्घाखाँची शाखाको सातौँ जिल्ला अधिवेशन तथा बार्हौँ साधारण सभाबाट अध्यक्षमा वीरेन्द्र केसी सर्वसम्मत चयन भएका थिए ।

कमिटीको खुल्ला उपाध्यक्षमा सरिता भुसाल, समावेशी उपाध्यक्षमा शान्ता खासु, सचिवमा विष्णु खनाल, सह–सचिवमा तेजेन्द्र पाण्डे र कोषाध्यक्षमा मेलिना सिंह ठकुरी चयन भएका हुन् । सदस्यहरुमा विक्रम पाण्डे, सागर महत, गिता भण्डारी, कमला घिमिरे, मदन नेपाली र भुवनेश्वर अधिकारी चयन भएका थिए ।

केन्द्रीय पार्षदमा घनश्याम पौडेल, लक्ष्मण घिमिरे र नारायण पोख्रेल चयन भए । चार जना खुल्ला र ३ जना महिला केन्द्रीय प्रतिनिधि चयन हुन बाँकी रहेको थियो । त्यस्तै प्रदेश पार्षदमा सूर्यप्रसाद भुसाल, शेषकान्त पोख्रेल, इन्द्रलाल रेग्मी, सुकदेव बेल्वासे चयन भएका छन् भने अन्य बाँकी रहेका छन् ।

प्रेस युनियनमा खैलाबैला
सूर्यप्रसादले पहुँचका भरमा आफ्नी श्रीमतीलाई प्रेस युनियनको जिल्ला उपसभापति बनाए पछि कांग्रेस निकट कतिपय पत्रकार असन्तुष्ट रहेको बताइएको छ । निर्वाचित कतिपय पदाधिकारीले पनि चित्त बुझाएका छैनन् । यो विषय अर्घाखाँचीका पत्रकारमाझ चर्चामा छ । यसले प्रेस युनियन अर्घाखाँचीभित्र खैलाबैला मच्चिएको छ ।

प्रकाशित समय : ०१:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु