गृहपृष्ठ लालबाबुले फेरि धम्क्याए कर्मचारी, ‘अटेरीलाई बर्खास्त गर्छु’
लालबाबुले फेरि धम्क्याए कर्मचारी, ‘अटेरीलाई बर्खास्त गर्छु’
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारलाई सहयोग नगर्ने कर्मचारीलाई बर्खास्त गरिदिने बताएका छन् । ‘परिवर्तनलाई आत्मसाथ नगर्ने कर्मचारीलाई बर्खास्त गरिने छ,’ प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ३६ औं वार्षिकोत्सव समारोहमा मन्त्री पण्डितले भने, ‘आफ्नो क्षमता राष्ट्र र जनताको हितमा उपयोग गर्नुस् ।’
प्रतिष्ठानलाई पनि उनले कर्मचारीहरुको क्षमता बढाउने काममा केन्द्रित हुन निर्देशन दिए । उनले इमान्दार भएर कार्य क्षेत्रमा खटिने कर्मचारीलाई सरकारले प्रोत्साहन गर्ने आश्वासन पनि दिए ।
कर्मचारीप्रति उनले चरम असन्तुष्टि प्रकट गरे । कर्मचारीहरुले जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्न नसकेको उनको भनाइ छ । सो अवसरमा मन्त्री पण्डितले उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेका थिए ।
प्रकाशित समय : ०१:२३ बजे



















