काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

शिक्षक हत्याको विरोधमा इनरुवाका निजी विद्यालय बन्द

7.58K
shares

सुनसरीको इनरुवाका निजी विद्यालय शुक्रबार बन्द गरिएको छ । बिहिबार रैयान नेशनल स्कुलका संस्थापक खुर्शिद अन्सारीको हत्या भएको विरोधमा निजी विद्यालय बन्द गरिएको हो ।

अन्सारीको हत्या भएको विरोधमा प्याब्सन तथा एनप्याब्सन इनरुवाले नीजि स्कुल बन्द गराएको हो । सामुदायिक विद्यालय भने बन्द गरिएको छैन । हत्यापछि स्थानीय र आफन्तले हत्यारालाई कारबाही गर्न माग गरेका छन् ।

अन्सारीको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरिएको छ । घटनाका विषयमा अनुसन्धान र गोली प्रहार गर्ने समूहको खोजी भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।