प्रदेश १ मा पनि पेट्रोलियम पदार्थको अभाव
वि.सं.२०७५ असोज ५ शुक्रवार १८:१५
shares

ट्यांकर चालकहरुले इन्धन ढुवानी नगर्दा प्रदेश १ मा पेट्रोलियम पदार्थको अभाव भएको छ । पेट्रोल डिजेल अभावका कारण व्यवसायीले पम्पहरु बन्द गरेका छन् । जसका कारण उपभोक्ता मर्कामा परेका छन ।
नेपाल आयल निगमको क्षेत्रीय डिपो विराटनगरबाट इन्धन ढुवानी हुन नसक्दा पम्पहरुमा इन्धनको अभाव भएको हो । गत भदौ १ देखि लागू गरिएको मुलुकी फौजदारी संहितामा चालकहरुलाई जेल सजाय दिने प्रावधान राखिएको भन्दै त्यसको विरोधमा चालकहरुले ढुवानी अवरुद्ध गरेको बताइएको छ ।
पेट्रोलियम ट्यांकर चालक संघ विराटनगरले संहिता परिमार्जनको माग गर्दै चालकहरुले स्वतस्फूर्त रुपमा ट्यांकर नचलाएको जनाएको छ । प्रदेशभर २ सयभन्दा बढी पेट्रोल पम्प रहेका छन ।






















