दरबारमार्गमा शनिबार १४ औं स्ट्रिट फेस्टिभल हुने
वि.सं.२०७५ असोज ५ शुक्रवार १८:३०
shares

काठमाडौंको दरबारमार्ग १४ औं स्ट्रिट फेस्टिभल हुने भएको छ । टीभीएस मोटर्स इन्डिया र जगदम्बा मोटर्स नेपालले शनिबार स्ट्रिट फेस्टिभलको आयोजना गर्न लागेको हो । फेस्टिभलमा खानाका स्टलको साथै किड्स जोन पनि रहने छ ।
कार्यक्रममा टीभीएस एनटर्कका पहिलो ५० जना ग्राहकले भारतीय बादशाहसँग भेट्ने अवसर पाउने छन् । एक जना दर्शकलाई बम्पर प्राइजस्वरूप टीभीएसको एनटर्क स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ ।
फेस्टिभलमा नेपाली कलाकार इन्दिरा जोशी, एडरे, एज ब्यान्ड, बुगी उगीका टप थ्री तथा नेपाल आइडलका टप थ्री कलाकारको प्रस्तुति समेत रहनेछ ।






















